
रोकिएको नयाँपुलको हाटबजार आउँदो शनिबारदेखि पुनः सुचारु
कोरोनाको कारण विगत १३ महिनादेखि बन्द अबस्थामा रहेको रामशाहघाटनेर नयाँपुलको हाटबजार आउँदो शनिबारबाट पुन सुचारु हुने भएको छ ।
गोरखा नगरपालिका १३ रामशाह टोलबाट मस्र्याङ्दी पुलजीप हुदै मनकामना जाने बाटोमा पर्ने नयाँपुल भन्ने ठाउँमा हाटबजार पुन सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
यसअघिदेखि हाटबजार सञ्चालन गर्दै आएको नयाँ पुल कृषि उपज उपभोक्ता सहकारीको सहयोगमा उक्त हाटबजार खोल्न लागिएको सहकारीका सचिव रामकृष्ण अर्यालले बताए ।
अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा ८ महिना र यस आर्थिक वर्ष २०७८÷०७९ मा ५ महिना गरी जम्मा १३ महिनादेखि उक्त हाटबजार लाग्न पाएको थिएन । जसले गर्दा किसानहरुको कृषि उपजले बजार पाउन समस्या भएको थियो ।
कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफुलहरु विक्रि वितरण गर्न नपाउदा धेरै नै घाटा पर्न गएको अर्यालले जानकारी दिए । ‘हप्ताको १ दिन हाट बजार खोल्ने र अरु दिन तरकारी तथा फलफुलहरु किसानहरुबाट लेराएर संकलन केन्द्रमा राख्ने कार्यविधि बनाएका छौ’, अर्यालले भने ।
नेपाल सरकार तथा गाउँपालिकाबाट ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानीमा करिब रु ४० लाखको संकलन केन्द्र स्थापना गरिएको उनले बताए ।




