
असोज १७ गतेसम्म यही शैलिको स्मार्ट लकडाउन
जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले अहिले कार्यान्वयन गरिएको शैलिको निषेधाज्ञा आउँदो असोज १७ गतेसम्म लम्ब्याउन सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहिबार सम्पन्न डिसिसिएमसीको बैठकले स्मार्ट लकडाउनलाई थप १५ दिन लम्ब्याउन सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले बजारलाई आठबजेसम्म सञ्चालन गर्न दिने र स्वीमिङपुल, जिमखाना, फुटसल, फिटनेश सेण्टरलाई अझै खुलाउन नदिने निर्णय गरेको छ ।
यसअघि १५ दिनका लागि घोषणा गरिएको स्मार्ट निषेधाज्ञा आउँदो असोज २ गतेसम्म जारी छ । निषेधाज्ञाको अवधि सकिनु दुई दिनअघि पुन १५ दिनका लागि लम्ब्याइएको हो ।




