
अजिरकोटका पहिरो पिडित पाँच परिवारलाई ३०/३० हजार सहयोग
गोरखाको अजिरकोट गाउँपालिकामा वडा नम्बर १ धनसिराका पहिरो पिडितलाई ३०/३० हजार नगद सहयोग प्रदान गरिएको छ ।
बुधवार गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच मुटु फाउण्डेसन नेपाल र मनोज एसोशिसयसन फ्रान्सले उपलब्ध गराएको रकम पिडित परिवारलाई प्रदान गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज आचार्यको उपस्थितीमा नगद सहयोग प्रदान गरिएको मुटु फाउण्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले बताए ।
रकम पाउनेहरुमा फुलमाया गुरुङ, सनमाया गुरुङ, शुकबहादुर गुरुङ, रामबहादुर गुरुङ, बिजयमाया गुरुङसेनी रहेका छन् ।
मुटु फाउण्डेशन र मनोज एसोशियसनले गोरखाको बिभिन्न ठाउँमा स्वास्थ्य शिविर लगायत सामाजिक काममा निरन्तर सहयोग गर्दै आएको छ ।




