गोरखाको गण्डकी गाउँपालिकाका एक पुरुष मनाङमा मृत भेटिए
गोरखाका एक व्यक्ति मनाङमा मृत्त फेला परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार उनी गोरखाको गण्डकी गाउँपालिका २ का क्षेत्रबहादुर गुरुङ गरेका छन् ।
मनाङको निस्याङ गाउँपालिका ४ मा सब्जेको स्याउ फाममा कार्यरत उनी आज दिउँसो मृत भेटिएका थिए । भदौं २६ गते देखि हराइरहेका उनी मंगलवार बिहान १२ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
४३ वर्षीय गुरुङको शव घोप्टो परेको अबस्थामा फेला परेको थियो ।




