
गोरखाका प्रजिअको निर्वाचन आयोगमा सरुवा
गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको सरुवा भएको छ ।
गत फागुन १९ गतेदेखि गोरखामा कार्यरत प्रजिअ शर्मा पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार निर्वाचन आयोगमा सरुवा गरेको हो ।
विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गर्ने क्रममा गोरखाका प्रजिअ पौडेलको पनि सरुवा गरेको मन्त्रालयले जनाएको छ ।
प्रजिअ शर्मा पौडेललाई साँढे छ महिनामा सरुवा गरे पनि यहाँका लागि भने कसलाई पठाउने मन्त्रालयले ठोस गरिसकेको छैन ।




