
बालदिवसको उपलक्ष्यमा बालमन्दिरका बालबालिकालाई स्टेशनरी तथा खाद्यान्न सहयोग
५७ औँ बालदिवसको अवसरमा सदरमुकामको बालमन्दिर माविमा पढ्ने बालबालिकालाई स्टेशनरी तथा खाद्य सामग्री वितरण गरिएको छ । मंगलबार विद्यालयमा आयोजित बालदिवस कार्यक्रममा नेपाल बाल संगठन र लायन्स क्लव अफ गोरखा कालिकाले सहयोग सामग्री प्रदान गरेको हो ।
बालमन्दिर माविका प्रधानाध्यापक शिव थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बाल संगठनका प्रवीण श्रेष्ठ तथा लायन्स क्लव अफ गोरखा कालीकाकी अध्यक्ष मीनादेवी श्रेष्ठले कापी, कलम, विस्कुट लगायतका सामग्री प्रदान गरेका हुन् ।
कार्यक्रममा संगठनका श्रेष्ठ तथा लायन्स क्लव अफ गोरखा कालीकाकी मीनादेवी श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।




