| सोमवार, कार्तिक २३, २०८३

सामाजिक बिकास कार्यालयद्धारा मानव सेवा आश्रमका बालवालिकालाई स्टेशनरी सहयोग

मावन सेवा आश्रमका बालवालिकाको लागि सामाजिक बिकास कार्यालय गोरखाले स्टेशनरी सहयोग गरेको छ । पद्धती बिकास सेवा केन्द्र र गुड नेर्बस इन्टरनेशनलको सहयोगमा मंगलवार बाल दिबसको अवसर पारेर सहयोग गरिएको कार्यालयका कर्मचारी कमलप्रसाद कंडेलले बताए ।

सामाजिक बिकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, गैरसरकारी संस्था महासंघका अध्यक्ष सिताराम श्रेष्ठ लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्