
आज राष्ट्रिय बाल दिवस मनाइदै
आज राष्ट्रिय बाल दिवस मनाइदैछ ।
दिवसको अवसरमा दिबसका अवसरमा गोरखामा बनभोज, बालवालिकालाई सहयोगका कार्यक्रम बिभिन्न संघ संस्था, कार्यालयले तय गरेका छन् । कोभिड १९ को प्रभावका कारण औपचारीक कार्यक्रम भने कम तय भएका छन् ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।




