
गोरखाका एक बृद्धको भिरबाट खसेर मृत्यु
गोरखा नगरपालिका वडा नं १ छापथोकमा एक बृद्धको भिरबाट खसेर मृत्यु भएको छ ।
करिब ७८ वर्षीय ढुण्डी प्रसाद भट्टको गएराती नजिकैको भिरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष हिक्मत कुँवरले बताए ।
बेलुका साँझ करिब ६ बजे तिर घरबाट निस्किएका उनी विहान सम्म घर नुपगे पछि परिवार खोजी गरेको थियो ।
परिवारले खोजी गर्ने क्रममा विहान उनको शव घर मुनिको खोलामा भेटिएको अध्यक्ष कुँवरले बताए ।
प्रहरी घटना स्थलमा पुगेको र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।




