
चुमनुब्री–काठमाडौँ संपर्क मञ्च गठन
गोरखा : चुमनुब्री गाउँपालिका घर भई हाल काठमाडौँमा रहेका नेकपा (माओवादी केन्द्र)मा आवद्धहरु संगठित भएका छन् । मंगलबार काठमाडौँमा सम्पन्न चुमनुब्रीबासीहरुको भेलाले चुमनुब्री–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको हो ।
वीरबल घले(जगत)को अध्यक्षतामा १५ सदस्यीय मञ्च गठन गरेको हो । जसको उपाध्यक्षमा छिरिङ धार्के लामा(सामागाउँ), सचिवमा कर्मा साम्दुक लामा(छेकम्पार) र कोषाध्यक्षमा मुना गुरुङ(सिर्दिबास) रहेका छन् ।
त्यस्तै कार्य समितिका सदस्यहरुमा वसन्त गुरुङ(सिर्दिबास), छिरिङफुञ्जो लामा(छेकम्पार), थरसिङ गुरुङ(सिर्दिबास), ज्याम्बा वाङचुक लामा(चुम्चेत), सोनाम ग्याल्जेन लामा(प्रोक), अञ्जना कार्की(सिर्दिबास) रहेका छन् । त्यस्तै संगीता गुरुङ(सिर्दिबास), पेमा डिकी लामा(ल्हो), निमा ग्याल्बो लामा(प्रोक), पासाङ गुरुङ(सिर्दिबास) र पेमा ल्हामो लामा(ल्हो) पनि मञ्चको कार्यसमितिको सदस्यमा रहेका छन् ।

नेकपा(माओवादी केन्द्र)का चुमनुब्री गाउँपालिका कमिटीकी अध्यक्ष कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथि पूर्व राज्यमन्त्री छमबहादुर गुरुङ, नेकपा(माओवादी केन्द्र)का प्रदेश सदस्य तथा चुमनुब्री इञ्चार्ज निमा लामा, चुमनुब्री वडा नं. ४ का वडाअध्यक्ष पेमाडुण्डुप लामा, चुमनुब्री ३ का वडाअध्यक्ष रामकुमार गुरुङ, गोरखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष स्थिरप्रसाद खनाल, धार्चे–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष इमानसिङ गुरुङ, धार्चे गाउँपालिका वाइसिएल अध्यक्ष सुशील गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।




