| सोमवार, कार्तिक २३, २०८३

गोरखाको आहालेमा कुखुरा चोरको बिगबिगी


गोरखाको आहालेमा केही दिनदेखि श्रृङ्खलावद्ध रुपमा कुखुरा चोरी हुन थालेको छ । गोरखा नगरपालिका ८ आहालेमा एक महिनाको अवधिमा सात जनाको कुखुरा चोरी भएको स्थानीय शेरबहादुर गुरुङले जानकारी दिए ।


‘मेरो खोरबाट मात्रै १५ दिनभित्र तीनपटक कुखुरा चोरियो’, उनले भने, ‘आज मात्रै छ वटा गिरीराज कुखुरा चोरियो । चार दिनअघि पनि दुईवटा चोरी भएको थियो । १५ दिनअघि पनि तीनवटा खोरको कुखुरा चोरी भएको थियो ।’ कुखुरा चोरेर हैरान पारेको उनले बताए ।


त्यस्तै सोही ठाउँका अनिता रानाको, मेघबहादुर गुरुङको, दीपक भुजेलको पनि कुखुरा चोरी भएको थियो । त्यस्तै स्थानीय मन्दिरा गुरुङ, अनिशा पुलामी र हरि थापाको पनि कुखुरा चोरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्