| सोमवार, कार्तिक २३, २०८३

नौली खोला पुलको टेन्डर रद्ध


आशिषकुमार भट्ट : नौली खोला पुलको टेन्डर रद्ध भएको छ । धार्चे ७ लापुवेशीमा निर्माण गर्न असार महिनामा उक्त टेन्डर आह्वान गरिएको थियो । ३५ मिटर लम्बाई रहेको सो पुलको टेन्डर डिजाइन तथा लोकेशनमा समस्या देखिएपछि सूचना जारी गरिसकिएको टेण्डर रद्ध गरिएको पूर्वाधार कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताए ।


‘पुन अर्को सर्भे गरी फरक डिजाइनमा पुल बनाउनु पर्ने भएकोले सो टेन्डर रद्ध गरिएको हो’, इञ्जिनियर सुवेदीले भने ।
हाल सो ठाउँमा स्थानीयहरु जोखिम मल्दै सवारी साधनमा यात्रा गर्न र झोलुङ्गे पुलको सहाराले वारपार गर्न बाध्य छन् ।
सवारी साधन आवतजावत गर्नको लागि सहज हुने पक्की पुलको निर्माणको लागि आव्हान गरिएको उक्त ठेक्का विभिन्न कारणले रद्ध हुन गएको कार्यालयले जनाएको छ ।


‘पुलको डिजाइनमा समस्या देखियो । सोही ठाउँमा पहिला झोलुङगे पुल बाढी पहिरोले बगाएको रहेछ’, इन्जिनियर सुवेदीले भने, ‘ठाउँ जोखिम लाग्यो । त्यही भएर अब फेरि सर्भेको लागि पोखराबाट टोली आउनेछन् र पुनरावलोकन गरेर पुलको लम्बाई, उचाई फेरि अर्को डिजाइन बनेपछि मात्र रिटेन्डर गर्नेछौ ।’ सो क्षेत्र आर्मीको रेखदेखमा रहेको र आर्मीहरुले काम गरिरहेको हुदाँ उनीहरुसँग पनि छलफल गर्नुपर्ने उनले बताए ।


‘पोखराबाट सर्भे गर्न आउने टोलीहरु विभिन्न कारणले रोकिएका छन् । मुख्यतः कोरोेनाले गर्दा एक जिल्लाबाट अर्को जिल्ला आउजाउ गर्न कठिन भएको हो अब सबै खुल्ला भइसकेको छ चाढै नै रिटेन्डर हुनेछ’ इन्जिनियर गणेश सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्