
निर्वाचन क्षेत्रस्तरीय सडक गर्भमै तुहियो
गोरखाका दुईवटा निर्वाचन क्षेत्रस्तरीय सडक निर्माणको प्रक्रिया सुरु नहुँदै गर्भमै तुहिएको छ । ४०, ४० करोड रुपैयाँमा निर्माण गर्न प्रस्ताव गरिएका दुई सडक निर्माण प्रक्रिया अघि नबढाउन आदेश आएको गोरखास्थित सडक योजना कार्यालयले जनाएको छ ।
क्षेत्र नंबर १ को दर्बुङफाँट, लाँकुरीडाँडादेखि दलभञ्ज्याङसम्मको सडक स्तरोन्नति गर्न डिपिआर तयार भएको थियो । दर्बुङफाँटदेखि १५ किलोमिटर सडक स्तरोन्नतिको डिपिआर तयार भएको कार्यालयले जनाएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ को घ्याम्पेशाल, ताकुकोट, हुँडीखोला सौरपानी, रञ्चोक, पोखरी हुदै बारपाक सडक स्तरोन्नति गर्न डिपिआर भएको थियो । सौरपानीदेखि १५ किलोमिटरसम्म स्तरोन्नति गर्न डिपिआर तयार भएको उनले बताए ।
४० लाख खर्च गरेर डिपिआर तयार गरे पनि काम रोकिएको एघारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका प्रमुख राजेश यादवले जानकारी दिए ।
यसअघि केपी ओली नेतृत्वको सरकारले देशभरका १६५ निर्वाचन क्षेत्रमा एक–एकवटा सडक निर्माण गर्ने निर्णय गरी तत्कालीन प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट कार्यक्रम उद्घाटन पनि गरेका थिए । तर सरकार परिवर्तन भएलगत्तै अर्थमन्त्रालयले ती सडक निर्माण प्रक्रियाको काम अघि नबढाउन आदेश गरेको हो ।
‘बजेट र अख्तियारी आएको तर तत्काल ठेक्का प्रक्रिया अघि नबढाउन अर्थमन्त्रालयबाट निर्देशन आएको छ’, योजना प्रमुख यादवले भने, ‘डिपिआर भइसक्यो तर कार्यक्रम अघि बढाउन पाइएन ।’




