| बिहिबार, असार १०, २०८३

मनकामना मन्दिर खुलेपछि केबलकार चल्ने

मनकामना मन्दिर खुलेपछि केबलकार चल्ने भएको छ । आईतवारदेखि केबलकार संचालन गर्ने तयारी मनकामना दर्शन प्रालीको थियो ।

‘हामी आईतबारबाट केबलकार चलाउने तयारीमा थियौँ’ मनकामना दर्शन प्रालीका नायब प्रबन्धक उज्वल शेरचनले भने ‘प्रशासनबाट मन्दिर खोलेपछि संचालन गर्न भनेपछि रोकियो ।’

जिल्ला प्रशासन कार्यालयले सोमवार मन्दिर खुल्ला गर्ने निर्णय गर्ने जनाएको उनले बताए । मन्दिर खुल्ला गर्ने निर्णय सँगै केबलकार पनि मंगलबारबाट संचालन हुने भएको छ । केबलकार पाँच महिना देखि बन्द हुँदा १० करोड भन्दाबढि घाटा भएको प्रालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्