| सोमवार, कार्तिक २३, २०८३

गोरखाका पालिकामा माओवादी केन्द्रले तोक्यो इन्चार्ज र अध्यक्ष

गोरखाको दुईवटा नगरपालिका र नौ वटा गाउँपालिकामा माओवादी केन्द्रले इन्चार्ज र अध्यक्ष तोकेको छ ।


शुक्रवार बसेको जिल्ला समन्वय समितिको पहिलो बैठकले शहीदलखन गाउँपालिकामा इन्चार्ज बाहेकका अन्य सबै पालिकामा जिम्मेवारी बाँडफाँड गरेको जिल्ला समन्वय समितिका सदस्य अकुर तिमल्सिनाले बताए ।


जिल्ला संयोजक लेखबहादुर थापाको अध्यक्षतामा पार्टी कार्यालय पाटेचौरमा बसेको बैठकमा जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य कृष्ण धिताल, केन्द्रिय सदस्य अमर तमु, शुसिला सिम्खडा लगायत जिल्ला तहका नेता कर्याकर्ताको उपस्थिती रहेको थियो ।


गोरखा नगरपालिकामा सह इन्चार्ज धना तमु, राजकुमार कोईराला, डिलबहादुर सेन्चुरी रहेका छन् । पालुङटार नगरपालिकाको सचिवमा रामचन्द्र सेढाई, शहीदलखनको सचिव धु्रब खनाल, बारपाक सुलिकोटमा सह इन्चार्ज भगवती तिवारी, सचिव सनमाया गुरुङ, सिरानचोकमा सचिव सित्तल पोखरेल चयन भएका छन् ।


आरुघाट गाउँपालिकामा सचिव बिष्णु खड्का, गण्डकी गाउँपालिकामा सचिव जिबन गुरुङ, अजिरकोटमा सचिव अनितम भुजेल, भिमसेन थापा गाउँपालिकामा सचिव मदन साक्य, धार्चे गउँपालिकामा सचिव सुर्य गुरुङ र चुमनुब्रीमा सचिव बलबहादुर गुरुङ चयन भएका छन् ।


शहीदलखन गाउँपालिकामा इन्चार्जको जिम्मेवारी जिल्लामा नै राखिएको छ । माओवादी केन्द्रले वडा सम्मेलन असोज २० गते, पालिका स्तरको मंसिरमा गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्