| सोमवार, कार्तिक २३, २०८३

कर्मचारी युनियन गोरखाद्वारा स्थापना दिबसको अवसरमा गुरुकुललाई सहयोग

कर्मचारी युनियन गोरखाले ३१ औँ स्थापना दिबसको अवसर पारेर गोरक्षनाथ बैदिक गुरुकुल विद्यालयलाई सहयोग गरेको छ । चामल, घ्यू, लगायतका पौष्टिक आहार सहयोग गरिएको युनियनका अध्यक्ष लेखबहादुर श्रेष्ठले बताए ।


सोही अवसरमा स्वास्थ्यकर्मी संघको सहयोगमा गुरुकुलमा अध्ययनरत १९ जना विद्यार्थीको स्वास्थ्य जाँच पनि गरिएको थियो । उनीहरुलाई जुकाको औषधी,पारासिटामल, भिटामिट प्रदान गरिएको र स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्यकर्मी संघका केन्द्रिय प्रतिनिधी कृष्ण ढकालले बताए ।

कर्मचारी युनियनका जिल्ला अध्यक्ष लेखबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी युनियनका केन्द्रिय सदस्य एकराज अम्गाई, गण्डकी प्रदेश उपाध्यक्ष महेन्द्र पौडेल, ट्रेड युनियन कांग्रेस गोरखाका अध्यक्ष सरद श्रेष्ठ, युनियनका पूर्व जिल्ला अध्यक्ष गणेश भट्टराई, सरुना पोखरेल, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, बैद्धिक गुरुकुल विद्यालयका शिक्षक योगराज दाहाल लगायतले सुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्