
आईतबारबाट आरुघाट गाउँपालिका भित्रका विद्यालयमा पढाई सुरु हुने
गोरखाको आरुघाट गाउँपालिका भित्रका विद्यालयमा आइतबारबाट पढाई सुरु हुने भएको छ । गाउँ शिक्षा समितिको शुक्रवार बसेको बैठकले विद्यालयमा शिक्षक सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको शिक्षा अधिकृत पबित्रा शर्माले बताईन ।
विद्यालय हाताभित्र अनिवार्य सेनिटाईजर, मास्क, साबुनपानीको ब्यवस्था गर्नुपर्ने, प्रत्येक दिन विद्यार्थीलाई कोभिड १९ बारे सचेत गर्नुपर्ने निर्णइ शिक्षा समितिले गरेको छ । विद्यार्थीको स्वास्थ्य अवस्था र समुदायमा कोभिड १९को अवस्था जाँचबुझ गरेर विद्यालय संचालन गर्न अनुरोध गरिएको शर्माले बताईन ।




