
गोरखामा तिजको कार्यक्रम गर्न नपाईने
हरितालिक तिजको अवसरमा मानिस धेरै भेला हुने खालका कार्यक्रम गर्न नपाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले तिजको अवसरमा हुने भेला, तिजगित प्रतियोगिता जस्ता औपचारीक र अनौपचारीक कार्यक्रम गर्न रोक लगाएको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
घरमै बसेर तिज मनाउन प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ । साथै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न गराउन पनि उनले अनुरोध गरेका छन् ।
निर्देशन बिपरित धेरै भेला हुने, प्रतियोगिता वा तिजगितका कार्यक्रम सामुयिक रुपमा संचालन गरेको खण्डमा संक्रामक रोग ऐन अन्र्तगत कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।




