| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका राजकुमार श्रेष्ठ सचिवमा बढुवा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी घर भएका राजकुमार श्रेष्ठ सचिवमा बढुवा भएका छन् ।

नेपाल सरकारले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । अहिले उनी निर्वाचन आयोगको प्रवक्ताको जिम्मेवारीमा छन् ।


यस अघि जिल्ला बिकास समिति गोरखामा पनि स्थानीय बिकास अधिकारीको रुपमा उनले सेवा गरेका थिए ।

शालिन र भद्र ब्यवाहारका श्रेष्ठ सचिवमा बढुवा भएपछि गोरखाका बिभिन्न क्षेत्रका ब्यक्तिहरुले गोरखाका लागि गौरबको विषय भएको भन्दै बधाई सँगै सफल कार्यकालको कामना गरेका छन् ।


सह सचिवमा कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई पनि सरकारले बढुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्