| सोमवार, कार्तिक २३, २०८३

गोरखामा कोरोनाका सक्रिय संक्रमित जम्मा १४२ मात्रै

गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या १४२ मात्रै रहेको छ । केही दिनयता स्थानीय तहले कोरोना जाँच गर्न छाडेपछि नयाँ संक्रमित भेटिएका छैनन् भने पहिले संक्रमण भएकाहरु निको हुँदै जाने क्रमले यो संख्या घटेको हो ।


अहिले आरुघाट गाउँपालिकाभित्र ५६ जना, गोरखा नगरपालिका २८, पालुङटार १७, भिमसेन १५ र धार्चे गाउँपालिकामा १३ जना सक्रिय संक्रमित छन् । यस्तै बारपाक सुलिकोट सात, अजिरकोट चार, गण्डकी गाउँपालिकामा एकजना संक्रमित छन् । चुमनुब्री, सिरानचोक, शहीदलखन गाउँपालिकामा भने संक्रमित छैनन् ।


गोरखामा कोभिड अस्पतालमा उपचाररत चारजना छन् भने कोरोनाबाट जिल्लाभित्र ३१ र बाहिर २८ जनाको ज्यान गएको छ । छ हजार दुईसय ११ जनाले कोरोना जितेका छन् । मंगलवार मात्रै १२ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्