| सोमवार, कार्तिक २३, २०८३

रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सद्वारा बृद्धा आश्रमलाई खाद्यान्न सहयोग

रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी आँबुखैरेनी शाखाले चौँथो वार्षिकोत्सवको अवसरमा खाद्यान्न सहयोग गरेको छ ।


सफलता पुर्बक चौथो बर्ष पार गरि पाचौं बर्ष प्रवेशको अवसरमा शाखाले (मंगलबार) श्री कृष्ण प्रणामी मन्दिर स्थित बृद्धा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको हो ।


शाखा प्रमुख सुनिल श्रेष्ठ लगाएत कम्पनीका सम्पुर्ण अभिकर्ताहरुको उपस्थितिमा बृद्धा आश्रमका बृद्ध–बृद्धा आमा बुवाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेर वार्षिक उत्सव मनाईएको हो । खाद्यान्न सामाग्री अन्तर्गत १ बोरा चामल, ५ पोका तेल, २ पोका नुन, ५ किलो आटा, ६ दर्जन बिस्कुट, २ केजि चिनी, ३ किलो दाल वितरण गरिएको शाखा प्रमुख सुनिल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्