गोरखा अस्पतालका एक दीर्घ बिरामीको कोभिड लागेर मृत्यू
बिगत दुई बर्षदेखि एउटै थलामा रहेका एक दीर्घ बिरामीको कोभिडका कारण मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ४ का ८३ बर्षका एक वृद्धको मंगलबार बिहान साँढे सात बजे मृत्यू भएको अस्पतालले जनाएको छ ।
उनी लडेर घाइते भई बिगत दुई बर्षदेखि एकै थलोमा आराम गरिरहेका बिरामी हुन् । रुघा ज्वारोको लक्षण देखिएपछि गत आइतबार उनलाई गोरखा अस्पतालमा परीक्षण गर्दा कोभिड पुष्टि भएको थियो ।
उनका आफन्तले मौलिक संस्कार अनुसार अन्त्येष्टि गर्ने तयारी गरिरहेका अस्पतालले जनाएको छ ।




