
आँबुखैरेनीमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ मा आँबुखैरेनीमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान गरिएको छ ।
वडा नं. ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको पहलमा आँबुखैरेनीको विभिन्न नौ वटा टोलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडाननको काम भईरहेको छ ।
तनहुँ हाइड्रोपावर प्रभावित क्षेत्रका स्थानीयको लागि तनहुँ विद्युतिकरण आयोजनाका इन्जिनियर कपिल पाण्डे सँग समन्वय गरि करिब १० किलोमीटर एबिसि तार उपलब्ध गराईएको केसीले बताए ।
एक साता अघि देखि विभिन्न टोलमा एबिसी केबुल तार जडान कार्य भैइरहेको र केहि टोलमा जडान कार्य बाँकी रहेको केसीले जानकारी दिए ।
नाङ्गो तारबाट हुन सक्ने सम्बाधित दुर्घटना न्यूनीकरणका लागि आँबुखैरनीको छबिसे टोल, ओम शान्ति टोल, कृष्ण मन्दीर टोल, बिच बजार टोल, जागृती टोल, एकता टोल, नमुना खत्री टोल, खान्टोक टोल, सुन्दर बस्ती टोल लगायतका स्थानमा कम्पनीका कर्मचारीहरुले एबिसि तार जडान गरिरहेका छ्न ।
केसी पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय रुपमा लागि परेका छ्न ।
कोभिड १९ बिरुद्धको सचेतना र नियन्त्रणका काममा पनि उनी निकै शक्रिय हुँदै आएका छन् ।




