| सोमवार, कार्तिक २३, २०८३

प्राथमिक तहमा १० हजार शिक्षकका लागि आवेदन खुल्यो

गोरखाका सरकारी विद्यालयमा तीन सय ९४ जना शिक्षक आवश्यक

गोरखाको सरकारी विद्यालयमा तीन सय ९४ जना शिक्षक आवश्यक देखिएको छ । शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले शिक्षक तथा मानव स्रोत बिकास केन्द्रमा उक्त दरबन्दी रिक्त रहेको बिवरण पठाएको छ ।


सबैभन्दा धेरै प्राथमिक तहका लागि तीन सय २५ जना शिक्षकको खाँचो रहेको शिक्षा बिकास तथा समन्वय इकाईका अधिकृत रामबहादुर अधिकारीले बताए । निम्न माध्यमिक तहका लागि ४५ जना र माध्यामिक तहका लागि २४ जना माग गरिएको छ ।


‘जिल्लाभर तीन सय ९४ दरबन्दी आवश्यक देखियो’ अधिकारीले भने ‘कहाँ कति आवश्यक भन्ने खुलाएको हुँदैन, जिल्लाभर आवश्यक दरबन्दीको संख्या हो ।’
प्राथमिक तहमा स्थायी भएकाहरुको अनिवार्य अबकास भएको, जागिर छाड्ने क्रम रहेकाले प्रावि तहमा धेरै माग भएको उनले बताए ।

निमावि र मावि तहमा २०६० सालपछि स्थायी भएका शिक्षकहरु धेरै भएकाले कम बिज्ञापन भएको हो । गत वर्षभन्दा यसवर्ष एकसय माग संख्या थप भएको इकाईले जनाएको छ । ‘गतवर्ष पनि बिवरण मागिएको थियो तर बिज्ञापन भएन’, अधिकारीले भने, ‘केही संख्या अझै तलमाथि हुन भने सक्छ ।’


करार र राहत दरबन्दीमा कार्यरत कोटा बाहेकको हकमा शिक्षक सेवा आयोगले स्थायी पदपूर्तिका लागि बिज्ञापन गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्