| सोमवार, कार्तिक २३, २०८३

गोरखामा कोरोना संक्रमित घट्दो

गोरखामा कोरोनाको सक्रिय संक्रमित घट्दो देखिएको छ ।

शनिवार ४ जना कोरोना संक्रमित मात्रै थपिएका छन् ।
दुई सय ५१ जनामा गरीएको एन्टिजेन परीक्षणमा जम्मा चार जना लाई संक्रमण पुष्टि भएको हो । पिआिर संकलन गरी परीक्षणका लागि पठाइएको एक सय ३६ जनाको रिर्पोट भने अझै आउन बाँकी छ ।


अहिले सबै भन्दा धेरै आरुघाट गाउँपालिकामा ४७, गोरखा नगरपालिकाम ३९, भीमसेन थापा गाउँपालिकामा ३०, पालुङटार नगरपालिकामा १७, धार्चे गाउँपालिकामा १२, बारपाक सुलिकोट गाउँपालिकामा ७, अजिरकोट गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा २ र गण्डकी गाउँपालिकामा १ जना कोरोना संक्रमित रहेका छन् ।

4अहिले चुमनुब्री गाउँपालिका र शहिद लखन गाउँपालिकामा संक्रमित छैनन् ।

प्रतिक्रिया दिनुहोस्