
लायन्स क्लवको आयोजनामा आँबुखैरेनीमा रक्तदान
लायन्स क्लवहरुको आयोजना र बिभिन्न क्लव, संघ संस्थाको समन्वयमा तनहुँको आँबुखैरेनीमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा एक सय सात जनाले रक्तदान गरेका थिए ।
लायन्स क्लव अफ आँबुखैरेनी, लायन्स क्लव अफ आँबुखैरेनी सिटी लायन्स क्लव अफ आँबुखैरेनी अकला र लायन्स क्लव अफ आँबुखैरेनी स्टारको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रम भएको हो ।
लायन्स क्लवका क्लस्टर १५ का क्लस्टर चिफ सुरेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको प्रमुख अथित्यता रहेको थियो ।
उक्त कार्यक्रम रेडक्रस सोसाईटी पोखराको प्राविधिक सहयोग, लियो क्लव अफ आँबुखैरेनी र लियो क्लव अफ आँबुखैरेनी सिटीको समन्वयमा संचालन भएको लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपाल ६५ का जोन चियर पर्सन शिब खनालले बताए ।





