| सोमवार, कार्तिक २३, २०८३

इमानसिङ गुरुङको अध्यक्षतामा धार्चे–काठमाडौँ सम्पर्क मञ्च गठन


गोरखाको धार्चे स्थायी घर भई हाल काठमाडौँमा रहेका नेकपा(माओवादी केन्द्र)मा आस्था रहेकाहरु संगठित भएका छन् ।

शनिबार काठमाडौँमा सम्पन्न भेलाले धार्चे–काठमाण्डौ सम्पर्क मञ्चको गठन गरेको हो ।


नेकपा(माओवादी) धार्चे गाउँपालिका पार्टी कमिटीको आयोजनामा सम्पन्न भेलाले मञ्चको नेतृत्वमा इमानसिङ गुरुङलाई चयन गरेको छ ।


भेलाले मञ्चको सचिवमा धनबहादुर गुरुङ(सिङ्ला)लाई चयन गरेको छ । र सदस्यहरुमा नलेबहादुर गुरुङ(लाप्राक), यम बहादुर गुरुङ, धना गुरुङ, सुरमान गुरुङ, श्रीलाल गुरुङ(लाप्राक), डिलमाया गुरुङ, गम बहादुर गुरुङ(लप्सिबोट), छलकन्या गुरुङ, मानबहादुर गुरुङ(सिङ्ला), विष्णु गुरुङ (गुम्दा), इन्द्र गुरुङ (लापु), धनबहादुर गुरुङ (उहिया), मिलन गुरुङ, भीमा गुरुङ (काशिगाउँ), किशोर गुरुङ (रुन्चेत) रहेका छन् ।


नेकपा(माओवादी) धार्चे गाउँ पार्टी कमिटीका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा प्रतिनिधिसभाका सांसद चुडामणि, पूर्व मन्त्री छमबहादुर गुरुङ, पार्टीका सल्लाहकार सदस्य निमा लामा, चुमनुब्री गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ, राकेश गुरुङ, बिरु गुरुङ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।


काठमाडौँमा रहेका माओवादीमा आस्थावान धार्चेबासीहरुलाई राजनीतिक गतिविधिमा सक्रिय बनाउने उद्देश्यले मञ्च गठन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्