| सोमवार, कार्तिक २३, २०८३

जसले आमा बाबुको सम्झनामा दुईवटा जिल्ला जोड्ने पुल बनाईदिए

नुवाकोट जिल्लाका तारेकेश्वर गाउँपालिका निवासी जनक ढुंगानाले आफ्नो आमा बाबुको सम्झनामा दुईवटा जिल्ला जोड्ने पक्की पुल बनाईदिएका छन ।


ढुंगानाले धादिङ जिल्लास्थित नीलकण्ठ नगरपालिका ५ मा धादिङ र नुवाकोट जिल्ला जोड्ने पुल बनाईदिएका हुन् । नीलकण्ठ नगरपालिकास्थित फ्याक्से खोला र खानी खोलाको संगमस्थल नजिकै पुल निर्माण भएपछि स्थानीयलाई ओहोरदोहोर गर्न सहज भएको छ ।


यस अघि उक्त ठाउँमा पुल नहुँदा स्थानीयले निकै दुःख भोग्न बाध्य थिए ।


देउराली छामे, जोगी डाँडा, जामुने, गैरी वर्र्षालगायतका क्षेत्रका मानिसहरूलाई नुवकोटको क्युरिनी हुँदै आउजाउ गर्न उक्त पुलको सहायताले धेरै सजिलो भएको छ ।

दैनिक उपभोग्य वस्तु आयात र निर्यात गर्न सोही बाटो प्रयोग गर्न पाउँदा स्थानीयहरू हर्षित भएका छन् ।

‘गाउँका मानिसले दैनिक रुपमा भोग्नु परेको सास्ती देखेपछि मैले सोही ठाउँमा स्वर्गिय बुवा आमाको सम्झनामा पुल निमार्ण गरेको हुँ’ पुल निर्माणकर्ता जनक ढुंगानाले भने ।


उक्त पुल निमार्णमा तीन लाख ९० हजार रुपैयाँ खर्च भएको उनले बताए । शिक्षण पेसा गर्दै आएका उनी २०७४ सालदेखि अवकास जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्