
जनक दरै साउन महिनाको उत्कृष्ट प्रहरी
जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान जनक दरै साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले हरेक महिना राम्रो काम गर्ने मध्येबाट एक जना छनौट गरी उत्कृष्ट प्रहरीको रुपमा पुुरस्कृत गर्दै आएको छ ।
साउन महिनामा राम्रो काम गरेका दरैले बलात्कारका घटनामा फरार प्रतिवादीलाई पक्राउ गरेको, तोकिएको जिम्मेवारीमा रहेर उत्कृष्ठ काम गरेको डिएसपी प्रकाश दाहालले बताए ।
जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले उनलाई नगदसहित सम्मान गरेका हुन् । गोरखा प्रहरीले आफ्नो काम र जिम्मेवारीप्रति उत्साह जगाउने उद्देश्यले हरेक महिना प्रहरीलाई सम्मान गर्दै आएको छ ।




