
सिरानचोकमा प्रहरीद्वारा गाँजा फडानी
सिरानचोकमा प्रहरीले गाँजा फडानी गरेको छ । वडा नम्बर १ र ८ स्थित चैनपुर, चिसापानी र धारापानीको बिभिन्न स्थानहरुमा उम्रिएको लागुऔषधका रुपमा प्रयोग हुने गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट धारापानीको टोलीले करिब एक सय ३० वटा गाँजाको बोट नष्ट गरेको हो ।




