
गोरखाका एक सहित दुई फरार प्रतिव्यक्त्ति पक्राउ
तनहुँबाट प्रहरीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । लागुऔषध चरेस मुद्दामा कैद सजाय हुने फैसला भएपछि फरार रहेका २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका–६ बस्ने सुरेश तामाङ र शुक्लागण्डकी नगरपालिका–५ बस्दै आएका दिपक राई छन् । गोरखाको पालुङटार घर भएका सुरेशलाई जिल्ला अदालत तनहुँले २०७६ कार्तिकमा ३ महिना कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो । दुई वर्षदेखि उनि लुकिछिपी बस्दै आएका थिए ।
सिन्धुली घर भई तनहुँको शुक्लागण्डकी बस्ने दीपकलाई जिल्ला अदालत तनहुँले १ महिना जेल सजायको फैसला गरेको थियो । २०७६ कार्तिकमा सो फैसलापछि उनि फरार थिए । उनिहरुलाई अदालतको आदेशले कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।




