| सोमवार, कार्तिक २३, २०८३

गोरखाका एक पुरुष वन्यजन्तुको अंङ्ग सहित पक्राउ

गोरखाका एक पुरुष विभिन्न वन्यजन्तुको अंङ्ग सहितपक्राउ परेका छन् । गोरखा पालुङटार नगरपालिका—५ निवासी ६५ वर्षिय सोनाम तामङ पक्राउपरेका हुन् ।

वीरगंज काठमाडौँतर्फ जादै गरेको ना.५ ख ५८६४ नम्बरको बसलाई नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले जाँच गर्ने क्रममा विभिन्न वन्यजन्तुको अंङ्ग सहित पक्राउ परेको हुन् ।

उनको साथबाट २ थान हुचिलको खुट्टा जस्तो देखिने वस्तु, साथबाट २ थान हुचिलको खुट्टा जस्तो देखिने वस्तु, २ थान हुचिलको पञ्जा जस्तो देखिने बस्तु, २ थान हाल एकिन हुन नसकेको हड्डी, ४ सय ग्राम एकिन हुन नसकेको जनावरको सुकुटी, ३ थान शंख जस्तो देखिने वस्तु, १ थान सेतो टल्कने ढुङ्गा र नगद ४० हजार रुपैयाँ प्रहरीले बरामद गरेको हुन् ।

शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागि पुरातत्व विभाग रामसाहपथ तथा तामाङलाई आवश्यक अनुसन्धानको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्