| सोमवार, कार्तिक २३, २०८३

नारायणीको पुलबाट हामफालेका एक पुरुष वेपत्ता

चितवनको नारायणी नदीको पुलबाट हाम फालेका एक पुरुष वेपत्ता भएका छन । भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलको विच भागबाट अन्दाजी ४०/४५ बर्षका पुरुष आज विहान ६ः५५ बजे हाम फालेका हुन ।

पुरुषको अहिलेसम्म पहिचान भएको छैन । घटनाको जानकारी पाए लगत्तै गएको प्रहरीको विपद् उद्धार टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्