
युवती बेचेको मुद्धाका अभियुक्त सिरानचोकबाट २० वर्षपछि पक्राउ
युवतीलाई ललाई फकाई गरी जिउ बेच्ने मास्ने गरेका मुद्धाका अभियुक्त पक्राउ परेका छन्
। २०५८ साल जेठ ८ गते युवतीलाई ललाई फकाई जिउ बेच्ने मास्ने कार्य गरेको भन्दै जिल्ला अदालतले सिरानचोक गाउँपालिका ५ का ५३ वर्षिय शिबचन्द्र पोखरेल बिरुद्ध एक वर्ष कैद सजायाँ तोकेको थियो ।
निजले छ महिना २३ दिान कैद सजाया भुक्तान गरेको र पाँच महिना सात दिन भुक्तान गर्न बाँकी रहेको थियो ।
बाँकी रहेको कैद भुक्तानका लागि पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।




