| सोमवार, कार्तिक २३, २०८३

बुधवार गोरखामा ६१ जनालाई कोरोना, सक्रिय संक्रमित ६२६ पुग्यो

गोरखामा बुधवार ६१ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर जाँच गर्दा ३३ र एन्टिजिन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।


थपिएका सँगै सक्रिय संक्रमितको संख्या भने छ सय २६ पुगेको छ । बुधवारको संक्रमणदर २७ दशमलव ३५ रहेको छ । गोरखामा अहिले सम्म कोरोना निको हुनेको संख्या पाँच हजार चार सय ९५ छ ।

२९ जना जिल्ला भित्रै कोरोना संक्रमण भएर मृत्यू भएका छन् भने २८ जना जिल्ला बाहिर मृत्यू भएको स्वास्थ्य कार्यालयका माहामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्