| सोमवार, कार्तिक २३, २०८३

आजदेखि गोरखामा निषेधाज्ञा : बजार सुनसान, चेकजाँचमा कडाई

गोरखामा कोरोना संक्रमणदर बढेपछि आजदेखि कडा खालको निषेधाज्ञा लागु भएको छ ।

निषेधाज्ञाको पहिलो दिन गोरखा सदरमुकामका पसल, निजी तथा सार्वजनीक यातायात, बजार, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालयको सेवा सबै बन्द छ ।
गोरखा सदरमुकाम सुनसान छ भने फाट्ट फुट्ट एम्बुलेन्स, स्वास्थ्यकर्मी, सरकारी र संचार सामग्रीका साधन चलेका छन् ।

निर्माण सामग्री र खाद्यान्न बोकेका सवारी साधन पनि चलेका छन् । अत्यावश्यक बाहेकका सेवा संचालन भएको छैन ।
प्रहरीले चेकजाँचलाई पनि तिब्रता दिएको छ ।

नियम अटेरी गरेर सवारी साधन चलाउनेहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । परिचय पत्रका आधारमा अत्यावस्यक सेवा प्रभावमा संलग्नहरुलाई मात्र हिडडुल गर्न दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्