
आज ५३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या छ सय नाघ्यो
दरौँदी : गोरखामा बुधवार ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार पिसिआरबाट १७ जना र एन्टिजेनबाट ३६ जनालाई कोभिड १९ पुष्टि भएको हो । थपिएका सँगै गोरखामा सक्रिय संक्रमितको संख्या छ सय तीन पुगेको छ । आरुघाट गाउँपालिका मा ८१ वषिय महिलाको कोरोनाका कारण मृत्यू भएको छ ।
यस सँगै जिल्लाभर मृत्यू हुनेको संख्या २८ पुगेको छ । अझै एक सय ४० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका माहामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए । भिमसेन थापा गाउँपालिकामा एक सय ३३, आरुघाट गाउँपालिकामा एक सय ३१,गोरखा नगरपालिकामा एक सय १४ संक्रिय संक्रमित छन् । अन्य पालिकामा संक्रिय संक्रमितको संख्या एक सय भन्दा कम छ ।




