| शुक्रबार, बैशाख १७, २०८३

अब गोरखाको आकाशमा दैनिक प्याराग्लाइडिङ

अब गोरखाको आकाशमा दैनिक प्याराग्लाइडिङ

गोरखा सदरमुकाममा तीन महिनाभित्र व्यबसायिक प्यारा ग्लाइडिङ सञ्चालन हुने भएको छ । रोट्रयाक्ट क्लव अफ गोरखाले गोरखा नगरपालिकासँग साझेदारी गरी व्यबसायिक प्याराग्लाइडिङ सञ्चालनमा ल्याउने भएको हो ।
गत बिहिबारदेखि शतिपिपल डाँडाबाट गरेको प्याराग्लाइडिङ उडान परिक्षण सफल भएपछि क्लवले पत्रकार सम्मेलन गरी आगामी तीन महिनाभित्रै व्यबसायिक प्याराग्लाइडिङ सुरु गर्ने जानकारी दिएको हो । प्याराग्लाइडिङको सम्भाव्यता परिक्षणका लागि चार दिनसम्म दैनिक चार उडान गरीएपछि गोरखामा प्यारा ग्लाइडिङको ब्यबसाय सञ्चालन गर्न सकिने पुष्टि भएको रोट्रयाक्ट क्लव अफ गोरखाका अध्यक्ष बुद्धि जोगीले बताए ।‘प्याराग्लाइडिङको सम्भाव्यता परिक्षण सफल भएको छ’ उनले भने ‘हामीले अबको केही महिनाभित्रै यसलाई ब्यब सायिक रुपमा सञ्चालन गर्छैँ । प्याराग्लाइडिङका लागि ल्याण्डीङ्ग र उडन भर्ने ठाउँमा आवश्यक पूर्वधार बिकास गर्न केही समय लाग्छ । त्यो काम सम्पन्न हुने बित्तिकै गोरखाको आकाशमा निरन्तर प्याराग्लाइडिङ सुरु हुन्छ ।’ गोरखा नगरपालिका पर्यटन बिकास तथा प्रबद्र्धनलाई मुख्य प्राथामिकता दिएर अघि बढिरहेको जनाएको छ । प्याराग्लाइडिङ तथा दरौँदी ¥याफ्टिङक परिक्षणका लागि नगरपालिकाले रोट्रयाक्ट क्लवलाई पाँच लाख रुपैँया सहयोग गरेको कार्यालयले जनाएको छ । प्याराग्लाडिङको लागि प्रसिद्ध भएपनि सन् २०२१ बाट त्यहाँ प्गाराग्लाडिङ बन्द हुने भएकाले आगामि दिनमा यसैबाट गोरखाको पर्यटन बिकासमा मद्धत पुग्ने पाइलट पवन शर्माले बताए । ‘गोरखामा सबैखाले उडानको सम्भावना छ’ उनले भने ‘हाम्रो परिक्षण टोलीको अनुभव अनुसार गोरखा अहिले सम्म अन्य जिल्ल भन्दा उपर्युक्त ठाउँ देख्यौँ । छोटो खाले उडान,क्रस कन्टिू उडान तथा लामो उडान यहाँ गर्न सकिन्छ ।’ प्याराग्लाइडिङ ब्यबसायिक रुपमा सञ्चालन गर्न ढिला नगरी तत्काल सुरु गर्नुपर्ने अर्का पाइलट मानबहादुर गुरुङले क्लवलाई सुझाब दिए । प्याराग्लाइडिङ लाई ब्यबसायिक गर्न उडन भर्ने ठाउँ तथा ल्याण्डीङ गर्ने ठाउँको ब्यबस्थापनका लागि सम्बिन्धित निकायसँग कुराकानी गरी रहेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताए । ‘अबको तीन महिना भित्रै गोरखामा ब्यबसायिक प्याराग्लाइडिङ सुरु हुन्छ’ उनले भने ‘यसलाई ब्यबसायिक रुपमा अघि बढाएमा गोरखामा पर्यटक बिकास गर्न सजिलो हुन्छ । प्याराग्लाइडिङ तथा अन्य पर्यटनका क्षेत्रमा नगरपालिकाको तर्फबाट सबैखाले सहयोग हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्