| सोमवार, कार्तिक २३, २०८३

चितवनमा रातको समयमा तरवार बोकि हिड्ने २ जना पक्राउ

शंकास्पद रुपमा रातको समयमा तरवार बोकेर हिडिरहेका चितवनका दुई युवक पक्राउ परेका छन् ।
जिल्लाको  रत्न नगर नगरपालिका वडा न.११ सित्तलटोल स्थित सार्बजनिक कच्ची सडक खण्डमा आइतबार राती १० बजेको समयमा फलामको धारिलो धार भएको २ फिट ८ ईन्च लामो एक थान तरबार लिएर  हिडिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा  रत्न नगर नगरपालिका वडा न.११ सितलटोल बस्ने  ३२ बर्षको सरोज तामाङ र सोहि स्थानको २० बर्षको समिर नेपाली रहेका छन् ।
उनिहरु विरुद्ध चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस्