
गोरखामा आज १२६ जना कोरोना संक्रमित थपिए
गोरखामा सोमवार एक सय २६ जना कोरोना संक्रमित थपिएका छन् ।
पिसिआर मार्फत ८९ र एन्टिजिन मार्फत ३७ जनामा संक्रमण पुष्टि भएको हो । अजिरकोट, भिमसेन थापा, गोरखा नगरपालिका, गोरखा अस्पतालले गरेको परीक्षणमा संक्रमित हुनेको संख्या धेरै छ । यी पालिकामा सक्रिय संक्रमित पनि धेरै छन् ।
थपिएका सँगै सक्रिय संक्रमितको संख्या पाँच सय ६७ पुगेको छ । दुई सय १० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका माहामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
कोभिड अस्पतालमा उपचाररत जिल्लाभर १९ जना छन् भने आइशोलेसनमा उपचाररत पाँच जना छन् । अन्य सक्रिय संक्रमित सबै होम आइशोलेसनमा छन् । अहिले सम्म २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।




