| सोमवार, कार्तिक २३, २०८३

आज पनि देशभरको मौसम प्रतिकुल, केही प्रदेशमा भारी वर्षा

 मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण आज पनि देशभरको मौसम प्रतिकुल रहने पूर्वानुमान गरिएको छ।

अहिले  प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि देशभरकोे मौसममा  सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

राति पनि  प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्