| सोमवार, कार्तिक २३, २०८३

२०७३ देखि सुरु भएको बारपाक सडक खण्डको काम अहिले सम्म ७० प्रतिशत मात्रै

आशिषकुमार भट्ट :
११ किलो–छेवेटार–भाँलुस्वारा–बारपाक सडकखण्ड कालोपत्रेको ७० प्रतिशत मात्रै काम भएको संघिय सडक सुपरिवेक्षण तथा अनुसन्धान कार्यालयले जनाएको छ ।

अहिले उक्त सडकखण्ड दुइवटा प्याकेजमा निर्माण कार्य चलिरहेको भएपनि काम सन्तोषजनक छैन । निर्माण सम्पन्न हुनुपर्ने सडक अधुरै छ ।
दुईवटा प्याकेज मध्य २२ किलोमिटर देखि ३० किलोमिटरसम्म लोहनी एण्ड बर्दस कन्सट्रक्सनले निर्माण जिम्मा लिएको हो । ३० देखी ४६ किलोमिटरसम्म रसुवा इलाइट सूर्य जेभीले ठेक्का लिएको कार्यलय प्रमुख राजेश कुमार यादवले बताए ।


२०७३ सालमा लोहनी एण्ड बर्दस कन्सट्रक्सनसँग सम्झौता भए अनुसार कामको म्याद सकिसकेको छ । तर काम भने जम्मा ७० प्रतिशत मात्र सम्पन्न भएको छ । १० करोडको बजेटमा करिब सात करोड भुक्तानी भइसकेको कार्यालय प्रमुख यादवले बताए । ‘कोरोना र बर्षायामले गर्दा काम ढिलो भएको हो, जसरि पनि यो वर्षभित्र सम्पन्न गराएर छाड्छौ’ यादवले भने ।


२०७४ सालमा रसुवा इलाइट सूर्य जेभिसँग उक्त सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । कामको म्याद पुस १४ सम्म बाँकी छ । काम भने ७५ प्रतिशत सम्पन्न भएको छ । ३५ करोड बजेट रहेकोमा २५ करोड रुपैयाँ भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्