
सडक कार्यालय गोरखाको ६ करोड ५० लाख फिर्ता, एक वर्षमा १८ किमी मात्रै कालोपत्रे
संघिय सडक सुपरिवेक्षण तथा अनुसन्धान कार्यालय गोरखाले करिब साँढे छ करोड रुपैयाँ फिर्ता गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को ४० करोड बजेट मध्ये छ करोड ५० लाख फिर्ता भएको कार्यालय प्रमुख राजेश यादबले बताए ।
७७÷७८ को प्रगति ८४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । कार्यालयले १२ किलो –छेपेटार १२ किलोमिट, विमलनगर–ठाटीपोखरी–दुधपोखरी ३ किलोमिटर र गोरखा–आरुघाट तीन किलोमिटर गरि जम्मा १८ किमि सडक कालोपत्रे भएको जनाएको छ । त्यसै गरि सडक पुर्वाधार कार्यक्रम अन्तर्गत जम्मा १२ किलोमिटर सडक ग्राबेल गरिएको यादवले बताए ।
विमलनगर–ठाटीपोखरी तीन किलोमिटर, बेनीघाट–आरुघाट तीन किलोमिटर, छेपेटारमा तीन किलोमिटर, पालुङटार एक किलोमिटर र भच्चेक दुई किलोमिटर सडकखण्ड ग्राबेल भएको यादबले बताए ।
उक्त कार्यालय अन्तर्गत सात वटा पुल पनि निर्माण भएको छ । ‘त्रिशुलीमा बनिरहेको पुल अझै पनि निर्माणको क्रममा रहेको छ’ उनले भने । सोतीमा चार ओटा, बढहरेमा एक र चेपेमा एक गरि जम्मा सात वटा पुल निर्माण भएको छ ।




