| सोमवार, कार्तिक २३, २०८३

गोरखामा ४१ हजार ३३ जनाले पुरा मात्रा कोभिड बिरुद्धको खोप लगाए

गोरखामा कोभिड विरुद्धको दुवै मात्राको खोप हालसम्म ४१ हजार ३३ जनाले लगाएका छन् । स्वास्थ्य कार्यालय गोरखाले जिल्लामा कोभिसिल्ड, जोनसोन र भेरोसेल गरि तिन किसीमको खोप उपलब्ध गराएको छ ।


१९ हजार आठ सय ३१ जनाले पहिलो चरणको कोभिसिल्ड खोप लगाएका छन् । १२ हजार ३३ जनाले दोश्रो चरणको लगाएका छन् भने अझै सात हजार सात सय ९८ जनाले दोश्रो चरणको कोभिसिल्ड खोप लगाउन बाँकी रहेको कार्यालयका कोल्चेन निरीक्षक ऋषिराम खत्रीले बताए ।
जोनसन खोप भने एक डोज मात्रै लगाए हुने खोप हो । १० हजार चार सय ६१ जनाले उक्त खोप लगाएका छन् ।


भेरोसेल खोप ३६ हजार चार सय ७२ जनाले पहिलो मात्रा लगाएका छन् । त्यसमध्ये १८ हजार पाँच सय ३९ जनाले दोश्रो चरणको लगाइसकेको छन् र १७ हजार नौ सय ३३ जनाले दोश्रो मात्रा खोप लगाउन बाँकी रहेको छ ।
गोरखा जिल्लाको अपेक्षित जनसंख्या दुई लाख ४४ हजार छ सय ६८ मध्ये १८ वर्ष मुनिका ८५ हजार चार सय ३० रहेको कार्यालयले जनाएको छ ।

अझै पहिलो मात्रा खोप नपाएकाहरु ९२ हजार चार सय ७४ रहेका छन् । एक लाख १८ हजार दुई सय पाँच जनाले दोश्रो चरणको खोप लगाउन बाँकी नै रहेको छ ।
१८ वर्ष माथिका जम्मा एक लाख ५९ हजार दुइ सय ३८ जना मध्य लगभग ४२ प्रतिशतले मात्र पहिलो मात्राको खोप लगाएका छन् भने पुर्ण खोप लगाउने जम्मा २६ प्रतिशत मात्र रहेको छ । पहिलो डोज पाउने मध्यबाट दोश्रो डोज पनि पाउने जम्मा ६१ प्रतिशत रहेका छन् भने पहिलो डोज पाइसकेको र दोश्रो डोज पाउन बाँकी जम्मा ३९ प्रतिशत रहेको कोल्डचेन निरीक्षक खत्रीले बताए ।


उत्तरी गोरखाको चुमनुब्रीमा दोस्रो मात्रा खोप ढुवानी गर्न मौसमका कारण समस्या भएको कार्यालयले जनाएको छ । ‘केही पालिकाहरुमा दोस्रो मात्रा चलिरहेको छ, मौसम अनुकुल भएपछि चुमनुब्रीमा पनि हामी ढुवानी गर्छौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्