| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालमा ७ दिनमा १२७ ज्वरोका बिरामी, ३० जनालाई कोरोना पोजेटिभ

गोरखा अस्पतालमा ज्वरोका बिरामी बढेसँगै कोरोना पोजेटिभ संख्या पनि दैनिक बढेको छ ।

अस्पतालका अनुसार साउन २४ गते १३ जना पुरुष र ११ जना महिलाले फिवर क्लििनिकमा जाँच गराएको थिए । ति मध्ये पाँच जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


अस्पतालले फिवर क्लिनिकमा जाँच गराउन आएकालाको स्वास्थ्य अवस्था हेरेर ऐन्टिजिन मार्फत कोभिड जाँच गर्ने गरेको सुचना अधिकारी कृष्ण ढकालले बताए ।


२५ गते १० जना महिला, पाँच जना पुरुषले जाँच गराएका मध्ये चार जना संक्रमित भए । २६ गते १९ जनाले स्वस्थ्य जाँच गराएका मध्य पाँच जनामा संक्रमण पुष्टि भयो । २७ गते २१ जना गोरखा अस्पतालको फिवर क्लिनिकमा जाँच गराउन पुगेका थिए । ति मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भयो । २८ गते २३ जना जाँच गराउन गएका मध्ये पाँच जनामा संक्रमण पुष्टि भयो । २९ गते ११ जनाले जाँच गराएकोमा दुई जनालाई कोरोना पोजेटिभ भएको अस्पतालले जनाएको छ ।

साउन ३० गते सात जना महिला र सात जना पुरुष फिवर क्लिनिकमा जाँच गराउन गएका थिए । उनीहरु मध्ये तीन जना महिला र तीन जना पुरुषलाई कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्