
गोरखामा ८५ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ८१६ पुग्यो
गोरखामा बिहिवार ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर मार्फत ६० र एन्टिजेन मार्फत २५ जनामा कोरोना पुष्टि भएको हो ।
यस सँगै गोरखामा सक्रिय संक्रमितको संख्या आठ सय १६ पुगेको छ । सबैभन्दा धेरै सक्रिय संक्रमित आरुघाट गाउँपालिका, गोरखा नगरपालिका, भीमसने थापा गाउँपालिका र पालुङटार नगरपालिकामा छन् ।




