| सोमवार, कार्तिक २३, २०८३

यस वर्ष गुम्दामा आलु मेला नहुने

धार्चे गाउँपालिकाको गुम्दामा आलु मेला नहुने भएको छ । धार्चे गाउँपालिका खेलकुद बिकास समितिले कोभिड १९ का कारण मेला गर्न नसक्न बताएपछि बन्द गरिएको हो ।

समितिले कोभिडको त्रासका बिच मेलागर्न उपयुक्त नहुने भन्दै बन्द गर्न वडा कार्यालयलाई अनुरोध गरेपछि बन्द गरिएको वडा अध्यक्ष तुलसिं गुरुङले बताए ।

‘कोभिडको जोखिम बढेकाले मेलामा भिडभाड हुने र त्यहाँबाट संक्रमणदर बढ्ने खतरा भएकाले मेला स्थगित गरेका हौँ’ वडा अध्यक्ष गुरुङले भने । धार्चे ५ गुम्दामा हरेक वर्ष आलु मेला हुँदै आएको छ । आलु उत्पादनको लागि प्रख्यात रहेको त्यहाँ आलु बिक्री, बिभिन् परिकार तयार गर्ने, बिक्री गर्ने, सांस्कृतीक एवं खेलकुद कार्यक्रम हुने गथ्र्यो ।

प्रतिक्रिया दिनुहोस्