| सोमवार, कार्तिक २३, २०८३

गोनपाद्वारा ५ जनालाई आरन बितरण

गोरखा नगरपालिकाले पाँच जनालाई बुधवार आरन बितरण गरेको छ । परम्परागत पेशालाई जगेर्ना गर्न र ब्यवशायिक बन्न चाहनेलाई प्रोत्साहन गर्ने उद्देश्यले आरन बितरण गरिएको गोरखा नगरपालिका सामाजिक बिकास शाखाका प्रमुख बिजयभक्त उपाध्यायले बताए ।

गोरखा नगरपालिका ३ का ठाकुरप्रसाद कामी, ५ को सिताराम कामी, ८ को अंकित बिक, बाबुराम सुनार वडा नम्बर ४ का रामबहादुर बिक लगायतलाई मेयर राजनराज पन्तले आरन सहितका सामग्री बितरण गरेका हुन् । आरन पाएकाहरु आफ्नो पुर्खाको पेसालाई संरक्षण गर्न र ब्यवशायीक रुपमा काम गर्न सहज हुने भन्दै खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्