| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिका भित्र आज २६ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिकामा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । ७८ जनाको पिसिआर जाँच गरिएको मध्ये २६ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले बताए ।

वडा नम्बर ६,८ र ४ मा पिसिआर गरिएको थियो । संक्रमित मध्ये चार जना गोरखा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि छन् । नगरपालिकाले वडा÷वडामा पिसिआर जाँच गरेसँगै संक्रमित थपिने क्रम बढेको छ । सोमवार सुचना जारी गर्दै नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्