
प्रसुती हुन नसकेपछि सिर्दिबासबाट एक महिलाको हेलिकप्टरमा उद्धार
प्रशुतीहुन नसकेपछि गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासबाट एक महिलाको हेलिकप्टर मार्फत उद्वार गरिएको छ । मंगलवारदेखि सुत्केरी ब्याथा लागेकी २५ वर्षिय छिरिङ डोल्मा गुरुङलाई हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौँ लगिएको गाउँपालिकाका प्रमुख प्रशसकिय अधिकृत भिमसेन श्रेष्ठले बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरी, गर्भवतीलाई निशुल्क उद्वार गर्ने ब्यवस्था सरकारले गर्दै आएको छ । स्थानीय स्वास्थ्य चौकीले पालिका र प्रशासनको समन्वयमा महिला तथा बालवालिका मन्त्रालयलाई उद्वारका लागि अनुरोध गरेको हो । सोही अन्र्तगत नेपाली सेनाको हेलिकप्टरले सुत्केरीको उद्धार गरेको अधिकृत श्रेष्ठले बताए । चुमनुब्री गाउँपालिका गोरखाको दुर्गम भेग हो । तिब्बत सँग सिमाना जोडिएको त्यहाँ सडक सञ्जाल पुगेको छैन । हेलिकप्टर बाहेकबाट उद्वार गर्न असम्भव छ ।




